Logo

Student Corner

मेरो दैनिक जीवन

Written by: Divij Chand - 33038, Grade III

Posted on: 19 July, 2023

म बिहान सात बजे उठ्छु । त्यसपछि म हात मुख धोएर बिहानको खाजा खान्छु । आठ बजे म विद्यालय जान्छु । नाै बजेदेखि चार बजेसम्म म विद्यालयमै पढ्छु, खेल्छु, खान्छु र साथीहरूसँग रमाइलो गर्छु । म विद्यालयबाट चार बजे घर फर्किन्छु । घर आएपछि म आमासँग केही समय बिताउँछु र आमाले बनाएको मिठो खाजा खान्छु । खाजा खाएर म गृहकार्य गर्न बस्छु । सबै गृहकार्य सकिएपछि म पढ्न पनि थाल्छु । एकछिन म दिदीसँग खेल्छु । रातिको खाना खाएर म सुत्छु । यसरी मेरो दैनिक जीवन चलिरहेको हुन्छ ।