Logo

Student Corner

सुन्दर संसार

Written by: Phoebe Shrestha - 26016, Grade X

Posted on: 18 July, 2023

दृष्टि सुन्दर भए सबै सुन्दर
मन शान्त भए सबै शान्त 
जुन धेरै शान्त छ, त्याे अद्भूत छ।
माने हरेक प्राणी सुन्दर छन्
मानिसको मन सुन्दर
सबै सुन्दर छन् ।

 

प्राणी  सबै सुन्दर छन्
हरेक चराले जो गाउँछन्, गीत
बगैँचामा फुलेका सबै फूल
सबै सुन्दर छन्, सबै शान्त छन् ।



तन मन सफा भए
याे संसार सुन्दर छ
माने ईश्वर छन्
माने सबै पूर्ण छ ।

 

विश्वासमा चलेकाे याे संसार
प्रेममा चलेकाे याे संसार
प्रकृतिकाे माया अपार छ चित्र
संसारकाे माया छ विचित्र ।