Logo

Student Corner

जलवायु परिवर्तन र प्राणीकाे भविष्य

Written by: Shuvee Lamichhane - 29033, Grade VII

Posted on: 17 July, 2023

अहिलेको समयमा जलवायु परिवर्तन एउटा समस्या हो। जलवायु परिवर्तन भनेको पृथ्वीको प्राकृतिक प्रक्रिया हो । अब यो किन पृथ्वीमा बसिरहेका प्राणीको लागि एक समस्या हो त। अहिले पृथ्वीका धेरै ठाउँहरूमा छिन छिनमा जलवायु परिवर्तन भइरहेको छ। कहिले पानी पर्ने, कहिले घाम लाग्ने त कहिले हुरी बतास आउँछ र यसका कारणले हाम्रो दैनिक जीवन जिउन पनि गाह्रो हुँदै छ। जलवायु परिवर्तनकै कारणले अहिले यो साल काठमाडाैँ महानगरपालिकामा एक्कासि गर्मी बढिरहेको छ । जलवायु परिवर्तनले हाम्रो दैनिक जीवनमा धेरै गाह्रो बनाएको छ । यसले हाम्रो मात्र होइन ।  यस पृथ्वीमा बस्ने अरू जीव जन्तुहरूको जीवनलाई कसरी असर गरेको छ तर जलवायु परिवर्तनका कारणले यस पृथ्वीमा बस्ने प्राणीहरूको भविष्यलाई कसरी असर गर्न सक्छ। जलवायु परिवर्तनले यस पृथ्वीमा बस्ने सबै प्राणीहरूको जीवनलाई असर गरेको छ। जलवायु परिवर्तनले समुन्द्र, नदी र तालहरूमा बस्ने प्राणीहरूको जीवनमा पनि नकारात्मक असर पारिरहेको छ । अहिलेको गर्मीले गर्दा समुन्द्र, नदी र तालहरूको पानी एक्कासि तातिरहेको छ । यस कारणले यहाँ बस्ने प्राणीहरूको जीवन धेरै गाह्रो भइरहेको छ र यी प्राणीहरू बिस्तारै मरिरहेका छन्। जलवायु परिवर्तनले समुन्द्र, नदी र तालहरूमा बस्ने प्राणीहरूको जीवनमा मात्र होइन जमिनमा बस्ने प्राणीहरूको जीवनमा पनि नकारात्मक असर परिरहेको छ । जलवायु परिवर्तनका कारणले धेरै जङ्गलहरूमा आगलागी भइरहेका छन् । यसका कारण ती  जङ्गलमा बस्ने प्राणीहरू मरिरहेका छन् र ती जङ्गलहरूमा भएका प्राणीहरूलाई  पनि मारिरहेका छन् । जलवायु परिवर्तनले धेरै प्राणीहरूको जीवनमा नकारात्मक असर पारिरहेको छ । हामीले जलवायु परिवर्तनलाई  रोक्न सकेनाैँ भने सबै प्राणीहरू लोप हुन सक्छन् र त्यसमा मानव जाति पनि पर्छन् तर अहिले पनि समय छ । जलवायु परिवर्तनलाइ रोक्न हामी सबै जना मिलेर रुख रोप्न सक्छाैँ, फोहोरको व्यवस्थापन गर्न सक्छाै र जलवायु परिवर्तको बारेमा चेतना फैलाउन सकिन्छ । रुखले हावालाइ स्वच्छ बनाउछ र यसले जलवायु परिवर्तनलाइ नियन्त्रण गर्न सहयोग गर्छ र यसै कारणले हामी सबैले ठाउँ ठाउँमा रुख राेप्नुपर्छ। फाे होरको राम्रो व्यवस्थापन भएन भने प्रदूषण बढ्दै जान्छ । हामी सबै जना मिलेर फोहोर व्यवस्थापन गर्न सक्याैँ भने जलवायु परिवर्तनलाई नियन्त्रण गर्न सक्छाैँ। अन्तिममा हामीले जलवायु परिवर्तनको बारेमा चेतना फैलाउन सक्याै भने पनि जलवायु परिवर्तनलाइ नियन्त्रण गर्न सकिन्छ। जलवायु परिवर्तन एक जनाको मात्र होइन सबै जनाको समस्या हो। जलवायु परिवर्तन रोक्न सकिएन भने यस पृथ्वीमा भएका सबै जीवजन्तु तथा प्राणीहरू लोप हुन सक्छन्। त्यसैले हामी सबै एकजुट भएर जलवायु परिवर्तनलाइ रोक्न तिर लाग्नुपर्छ।