Logo

Student Corner

पैसा र मानवता

Written by: Riddhis Sharma - 26006, Grade X

Posted on: 04 July, 2023

भन्छन्  पैसाले खुसी पाइन्छ अरे 
सुखका काट्न मानिस सहरतिर झरे
माया, प्रेम र सद्भाव कता गयाे
आखिर मानिसकाे सम्बन्ध पैसामै रह्याे ।

 

मानिस सबै पैसाकै पछि भाग्छन्
मानिस सबै पैसाकै पछि लाग्छन्  
व्यस्त सबै समय छैन, कोहीसँग 
मानवता  हराएझैँ भइसक्यो 
दयाकाे भाव छैन मानिससँग ।  

 

मान्छे आज किन कुविचारकाे राेगी छ, 
कुबाटो राेजी धन कमाउन भाेगी छ,
सिधासादा सादा व्यक्तिलाई बाँच्न गाराे छ,
याे सुन्दर देशमा भ्रष्टाचारको पसाराे छ ।

 

कहिले सुध्रिने होला यो मेराे देश 
कहिले नहराओस् है मेराे भेष
अनेकतामा एकता यही हाे मेराे पहिचान 
कहिले कसैसँग नझुक्ने यही हाम्राे सान  ।