Logo

Student Corner

हाम्राे देश

Written by: Subigya Raj Kharel - 29065, Grade VII

Posted on: 03 July, 2023

एकातिर माछापुच्छ्रे उमङ्गले हाँस्छ,
अर्कोतिर डाँफे चरी रमाई रमाई नाच्छ
वन जङ्गल, भीर पाखा नेपालको धन,
नदीनाला बगेकोले रमाउँछ मन

 

दसैँ, ल्होसार, छठ,इद मनाउँछौँ क्रिसमस,
सबै मिली बस्छौँ हामी छैन कुनै कल्मष
तामाङ सेलो, साकेला र देउडा हामी नाच्छौँ
मारुनी र सोरठीमा कम्मर हामी भाँच्छौँ

 

संस्कृति छ नेपालमा सबैभन्दा विविध,
हामी सबै नेपालीको कर्म छैन सीमित
स्वाभिमानी राष्ट्र हाम्रो, हामी गर्छौँ गौरव
देश विकास गर्नलाई हामी गर्छौँ पौरख

 

बुद्ध जन्मे यै माटोमा, छरे शान्ति ज्ञान
सीता अनि जनकले राखे देशको नाम
भेषभूषा, संस्कृति नै हाम्रो पहिचान
कला अनि इतिहास हो नेपालीको शान

 

पहाडभरि लालीगुराँस फुल्छन् ढकमक्क,
नेपालको सुन्दरतामा पर्छन् सबै मख्ख
हिमाल, पहाड, तराईको लाग्छ सधैँ माया
नेपाली हुँ, नेपाल नै मनको दायाँ बायाँ