Logo

Student Corner

फूलबारी (कविता)

Written by: Saphal Pokharel - 31052, Grade V

Posted on: 03 July, 2023

फूलबारीमा फुलेका छन् रङ्‌गीरङ्‌गी फूल
फूल हेर्न भनी आउँछन् मानिसका हुल

 

फूल राम्रो हुनलाई हाल्नुपर्छ पानी
हामीले पनि सिक्नुपर्छ सधैं राम्रो बानी 
देवतालाई चढाउँछौँ रङ्‌गीचङ्‌गी फूल 
कोपिलामै नटिप्नु है गरेर नि भूल

 

आहा ! कति राम्रा फूल मेरा आँखा खानी
त्यहीँ फूलको रस चुस्छिन् माहुरीकी रानी 
सबैतिर छरेको छ फूलले सुगन्ध
मेरो मनलाई सधैँभरि पार्छ आनन्द

 

फूलबारीमा फुलेका छन् रङ्‌गीचङ्‌गी फूल
फूल हेर्न भनी आउँछन् मानिसका हुल