Logo

Student Corner

मेरो परिवार

Written by: Cyra Regmi - 33028, Grade III

Posted on: 03 July, 2023

मेरो परिवारमा सात जना सदस्य हुनुहुन्छ । मेरो परिवारमा आमाबुबा, म, मेरा हजुरबुबा र काकाकाकी हुनुहुन्छ । मेरो परिवार ठुलो परिवार हो । हाम्राे परिवारमा सबैजनाले एकअर्कालाई सहयोग गर्नुहुन्छ । मलाई पनि लेख्न र पढ्न सिकाउनुहुन्छ । मलाई मेरो परिवार मन पर्छ । मेरो परिवारलाई म पनि माया गर्छु । मलाई सबैजनाले सामान किनेर ल्याइदिनुहुन्छ । मलाई बिहान सबेरै उठाउनुहुन्छ । मेरा आमा र बुबा बैंकमा काम गर्नुहुन्छ । मेरा काका र काकी पनि हुनुहुन्छ । मेरो दादा स्कुलमा पढ्नुहुन्छ । मेरो हजुरबुबा घरमा नै बस्नुहुन्छ । म पनि स्कुल जान्छु । हामी घरमा मिलेर बस्छाैँ । म परिवारका सदस्यहरूसँग फुर्सदमा खेल्छु । घरमा सबैजना एकअर्कासँग रमाइलो गर्न चाहनुहुन्छ । हाम्रो घरमा ठुला सदस्य पाँचजना हुनुहुन्छ भने साना चाहिँ हामी दुईजना छौँ । मलाई मेरो परिवारसँग बाहिर घुम्न जान पनि मन लाग्छ ।