Logo

Student Corner

तिहार

Written by: Ruhjen Jung Khadka - 32014, Grade IV

Posted on: 30 June, 2023

तिहार हाम्रा चाडहरू मध्ये दोस्रो महत्त्वपूर्ण चाड हो। यो चाड दसैँपछि आउँछ। यो चाड प्रत्येक वर्ष कार्तिक कृष्ण  त्रयाेदशीदेखि कार्तिक शुक्ल  द्वितीया सम्म पाँच दिन मनाइन्छ। तिहारको समयमा सबैको घर झिलिमिली बत्ती र फूलमालाहरूले सजिएको हुन्छ। यो चाडलाई यमपञ्चक र दीपावलीको रुपमा पनि चिनिन्छ। नेपाल अधिराज्यभरका  हिन्दुहरूले याे चाड धुमधामसँग पाँच दिनसम्म मनाउँछन्। पहिलो दिन काग तिहार हाे। यो दिन हामीहरू आफूले खाना खानुभन्दा अगाडि कागलाई खाना खुवाउँछाैँ। दोस्रो दिन कुकुर तिहार हाे। यो दिन कुकुरलाई टिकामाला लगाइदिएर पूजा गर्छौँ र मिठामिठा खानेकुराहरू खान दिन्छौँ। तेस्रो दिन लक्ष्मीपूजा वा गाई पूजा हाे। यो दिनमा आफ्नो घर सरसफाइ गरेर बत्ती र फूलमालाहरूले घर सजाउछाैँ र लक्ष्मी भगवान् काे पूजा गर्छौं। यस दिन केटीहरू घर-घर गई  भैलो खेल्ने चलन छ। चौँथो दिन गोरुपूजा हाे। यो दिन हामी गाेरुको पूजा गर्छौं। नेवारी समाजमा यो दिन म्ह:पूजा अथवा आफूलाई पूजा गर्ने चलन छ। यो दिन केटाहरू घरघर गई देउसी खेल्ने चलन छ। पाचाैँ दिन भाइटीका हाे। यो दिन दाजुभाइहरू आफ्नो दिदीबहिनीहरूको घर गएर उनीहरूको हातबाट निधारमा रङ्गीविरङ्गी टिका लगाएर मखमली फूलको माला लगायत शिरमा ढाकाटोपी लगाउँछन्। दिदीबहिनीहरूले  मिठामिठा खानेकुराहरू दिन्छन् र दाजुभाइहरूले पनि पैसा वा उपहार दिई ढाेग्छन्।