Logo

Student Corner

आमाको माया

Written by: Krishma Thapa - 27005, Grade IX

Posted on: 29 June, 2023

हाम्रो बारेमा धेरै हेरचाह गर्ने

 माया अनि गाली पनि गर्ने

हामीलाई सम्झाई बुझाई गर्ने 

प्यारी आमा नै हुन् ।

 

बाल्यकालदेखि हामीसँगै 

कति दुःख र पीर सहँदै

नरिसाई हामीसँगै तातेताते

गर्ने ती, प्यारी आमा नै हुन् ।

 

हामी अहिले हुर्क्यौं र बढ्याैँ

तर, उनको माया उस्तै छ

जसकाे माया हामीलाई

कहिल्यै धेरै हुने छैन ।

 

हामीलाई नाैलाे संसार देखाउँदै

अगाडि बढ्ने बाटो देखाउँदै

हामीलाई हिँड्न सिकाउँने

ती प्यारी आमा नै हुन् ।

 

उनी आफ्नै बारेमा ख्याल राख्दिनन्,

हाम्रै लागि हरदम चिन्तित हुन्छिन् 

उनी हामीलाई अपार माया गर्ने

जे भए पनि ती प्यारी आमा नै हुन् ।