Logo

Student Corner

समुदाय र सामुदायिक कार्य

Written by: Raj Manandhar - 31023, Grade V

Posted on: 29 June, 2023

व्यक्ति, परिवार तथा छिमेकीहरू मिलेर समुदाय बन्दछ । समुदायका मानिसहरूको भाषा, धर्म, जाति, रहनसहन, परम्पराहरू समान हुन्छन्। उनीहरूको रुचि र उद्देश्य पनि समान नै हुन्छ ।  समुदायका मानिसहरूले एक अर्कालाई परेको बेलामा सहयोग गर्छन्। उनीहरू मिलेर आफ्ना र समुदायका समस्याहरू समाधान गर्छन् । त्यसैले उनीहरू एक अर्काप्रति निर्भर  रहन्छन् । हामी एक्लै  बाँच्न  सक्दैनौँ किनभने हामीलाई मर्दापर्दा समुदायकै सहयोग चाहिन्छ । हामीलाई चाहिने विभिन्न ज्ञान, सिपहरू हामी समुदायबाटै सिक्छौँ | असल आचारण र अनुशासन पनि समुदायबाटै सिक्छौँ ।
समुदाय हाम्रो लागि एकदमै महत्त्वपूर्ण छ किनभने यसले  हाम्रो जिउधनको  सुरक्षा गर्छ । दुःखसुख साट्न, मनोरञ्जनका लागि, चाडपर्व मनाउन, एक अर्कालाई परेको बेलामा सहयोग गर्न, हामीलाई नभई नहुने बाटोघाटो, पाटीपौवा, इनार, कुवा आदि बनाउन ,हाम्रो कला, संस्कृति र परम्पराहरू बचाउन  बनाउन, जीविकाका लागि विभिन्न पेसा जस्तैः खेतीपाती, व्यापार व्यवसाय गर्न,  हामी पहिचान र गौरब बढाउँदै एकताको सूत्रमा
बाँधिन अादिकाे लागि समुदायकाे अावश्यकता पर्दछ ।
सामुदायिक कार्यका क्रियाकलाप चाहिँ निम्न छन्:
बाटोघाटो खन्ने,  धारा, पँधेरो, इनार, कुलो बनाउने, विद्यालय भवन बनाउने, वृक्षरोपण गर्ने, धर्म, परम्परालाई नियमित गर्ने, सामुदायिक स्वास्थ्यलाई ध्यान दिने, स्वास्थ्य चौकी बनाउने, समुदायका सबै पक्षको सुरक्षा गर्ने अादि ।