Logo

Student Corner

मेरो परिवार

Written by: Ujjwol Dhakal - 33023, Grade III

Posted on: 29 June, 2023

मेरो नाम उज्ज्वल ढकाल हो । म कक्षा दुईमा पढ्छु । मेरो विद्यालयको नाम सिफल स्कुल हाे । म उमाकुण्ड मार्ग मित्रपार्कमा बस्छु । मेरो परिवारमा पाँच जना सदस्य हुनुहुन्छ । परिवारमा हामी सबै मिलेर बस्छाैँ । हाम्रो परिवारमा आमाबुबा, म, हजुरबुबा र हजुरआमा बस्छौँ । मेरी आमाको नाम रजनी अर्याल हो । मेरी आमा घरको काम गर्नुहुन्छ । मेरी आमा चाैतिस वर्षकी हुनुभयो । मेरो बुबाको नाम रमेश ढकाल हाे । मेरो बुबा डि.डि बेकरीमा काम गर्नुहुन्छ । मेरो बुबा छत्तिस वर्षको हुनुभयो । मेरो हजुरबुबाको नाम चैतन्य मिश्र हो । मेरो हजुरबुबा त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक हुनुहुन्छ । उहाँ एकहत्तर वर्षको हुनुभयो । मेरी हजुरआमाको नाम मिरा मिश्र हाे । मेरी हजुरआमा पद्मकन्या क्याम्पसमा शिक्षिका हुनुहुन्छ । उहाँ बैसठ्ठी वर्षकी हुनुभयो । मैले परिवारसँग घुम्न जाने र धेरै खेलहरू खेल्ने गरेको छु ।