Logo

Student Corner

बाल्यकाल

Written by: Roji Gurung - 26007, Grade X

Posted on: 28 June, 2023

खेल र अनन्त रमाइलोको समयमा
हाम्रो बाल्यकाल भर्खरै सुरु भएको थियो 
ठुला ठुला आँखाले आश्चर्य मान्दै
त्यो ठुलो संसारको दिन र रातसँग लुकामारी खेल्दै।

 

चर्को घाममा  पनि हाँसी हाँसी रमायाैँ
धेरै गन्न नसकिने सपनाहरूलाई पछ्यायौँ
खाली खुट्टा साथीसँग जताततै कुद्याैँ 
यो संसारमा जहाँ निर्दोष  त्यो बालापन
मिठोसँग मुस्कायाैँ त्यही नै हाे बालापन ।  

 

पानी परेपछि खेल्थ्याैँ पानीसँगै खाल्डाेमा 
त्यही पानीसँग बग्थ्याे मनको पीडा
ठुलो र सानो दुवै संसार खोज्दै
रमाउँथ्याै  सबै कुरामा जादु खोज्दै।  

 

बाल्यकालका दिनहरू ओहो कसरी उडे
अमूल्य सम्झनाहरू पछाडि छोडेर
अहिले त हुर्किसकेका छौँ र समय पनि बितिसकेको छ
बाल्यकालको सम्झना र आत्माबाट हराउने छैन । 

 

हाम्रो मनमा त्यो बाल्यकाल जहिले रहनेछ 
त्यही बाल्यकालसँग निर्दोषता पनि 
ती दिनहरूलाई मनमै राखी 
बाल्यकालको सम्झनामा रमाई रमाई  ।