Logo

Student Corner

यस्ताे माया

Written by: Rushav Paneru - 28018, Grade VIII

Posted on: 28 June, 2023

यस्तो माया,
कता पाइन्छ र ?
माथि, तल , दाया, कि बाया ?
तिम्रो मुस्कान देखे, मेरो मन खुसी हुन्छ
तर ती आँखाबाट आँसु देखे मेरो मन धुरु-धुरु रुन्छ।

 

तिम्रा यादहरु धेरै मिठा छन्
जब मेरो मन उदास हुन्छ,
तिम्रा ती यादहरु मेरो मनमा झल्किन्छ
त्यसैले त तिम्रै नै हो नि मेरो मन ।

 

ती यादले मेरो मनलाई आनन्दित पार्दछ
तिम्रो त्यो हातको स्पर्शले
मलाइ मैनबत्तीझैँ पगाल्दछ।

 

त्यो पहिलो भेट, त्यो दिन
हाम्रो सम्बन्धको सुरुआत
तर के गेर्ने, त्यो सम्बन्ध पुगिहाल्यो नि आर्यघाट ।

 

मैले त तिमीलाइ बिर्सन सकिन नि!
तर तिमिले त, आजले हिजो बिर्सेझैँ मलाइ बिर्सिने हौ कि ?
तर, तिमीले बिर्से पनि मैले त बिर्सेको छैन नि ।