Logo

Student Corner

हाम्रो देश

Written by: Rehan Shrestha - 32012, Grade IV

Posted on: 28 June, 2023

हाम्रो देशको नाम नेपाल हो। हाम्रो देश १४ अञ्चल ७७ जिल्लामा बाँडिएको छ। नेपालको राजधानी काठमाडौँ हो। नेपालको उत्तरी सीमानामा चीन देश पर्दछ भने दक्षिण पूर्व पश्चिममा भारत देश पर्दछ। हाम्रो देश प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको छ। नेपाललाई तीन भागमा बाँडिएको छ। हिमाल,पहाड र तराई रहेको छ। हाम्रो देश नेपालमा हिन्दु धर्म मान्ने मानिसहरू धेरै छन्। विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा हाम्रै देशमा छ। हाम्रो देश नेपाल जलश्रोतको दोस्रो धनी देशमा पर्दछ। हिन्दुधर्मको प्रसिद्ध मन्दिर पशुपतिनाथ हाम्रै देशमा रहेको छ। त्यसैगरी जानकी, मन्दिर चाँगुनारायण मन्दिर, मुक्तिनाथ, मनकामना, पाँचतले मन्दिर आदि प्रसिद्ध छन्। । हाम्रो देशमा मानवीय  कलाकृतिहरू पनि धेरै रहेको छ। जस्तै; पचपन्ने झ्याले दरबार, धरहरा, घन्टाघर, रानीपोखरी आदि रहेको छ। नेपाल प्राकृतिक सौन्दर्यले भरिएकाे छ।त्यस्ता प्राकृतिक सौन्दर्य भएकाे ठाउँहरू  हेर्न पर्यटकहरू घुम्न आउँछन्। त्यसैले मलाई मेराे देशप्रति गर्व लाग्छ।