Logo

Student Corner

हामी नेपाली

Written by: Anushka Kalu - 27025, Grade IX

Posted on: 27 June, 2023

नेपालका सुन्दर हिमचुली
हुन् पृथ्वीका सुन्दर फुली
बिहानीकाे सुनाैलाे किरणसँगै
चाँदी जस्तै टलक्क टल्किन्छन् ।

 

हरेक नेपालीकाे गाैरव र सान 
हरेक नेपाली असल र इमान
सुख दुःख एक अर्काका साथी
हरेक पलमा माया सबै माथि
नेपालीपन र सभ्यता हाम्रा


भविष्यका केही सपनाहरू
साेचेर याे धर्तीमा जीवित
जीवनभर धन कमाएर
खुसी हुने आशामा 
बाँचेका  हरेक पलमा
लिएर मायाकाे आशा

 

हामी नेपाली हाम्राे संस्कृति
हामी नेपाली हाम्राे प्रकृति
केही त्याग गरी जाऊँ 
देशका निम्ति केही गरी जाऊँ ।