Logo

Student Corner

साँचाे के ?

Written by: Rushina Tamang - 26008, Grade X

Posted on: 26 June, 2023

आँखामा बाँधेको त्यो पट्टी हटाऊ
पछाडिको त्यो उज्ज्यालोलाई पछ्याऊ
पछाडिको त्यो संसार सारै कुरूप छ 
तिमीले त्यो संसारलाई देख्नु पर्ने 
कुनै आवश्यकता नै छैन हाेइन र ?

 

हे मानव !
आफ्नो अनि देशको विकास गर 
आफ्नो मातृभूमिभन्दा प्यारो कुरा अरू के छ ? 
यद्यपि देशले तिमीलाई जति हेपोस,
देशमा जति भ्रष्टाचार होस्,
तिमीले देशलाई माया गर्नुपर्छ
किन ?

 

किनकि लक्ष्मीप्रसाद देवकोटाले 
देशलाई स्वर्ग समान देश भने
कति मानिसले प्रश्न गर्छन् होला 
के र कसरी हाे स्वर्ग ?

 

यी लेखकहरूका  रचनाहरू सुनेर 
यिनका जीवनीहरू पढेर, सुनेर
एक्लो विद्यार्थीले यो देशमा
भ्रष्टाचारी धेरै भएकाे देशमा
राम्राे काम गर्न सम्भव छ र ?

 

पुरानाे संसार उनीहरूकै पालोमा लोप भैसक्यो  
आख़िर कसले भन्छ ? यिनीहरूलाई 
हाम्रो संसार अनुचित छ भनेर ? 
त्यसैले, हामीले यस्ता विद्यार्थीहरूलाई
१०/२० वर्ष हुँदै सयाैँ वर्ष पुराना 
संसारका रचनाहरू सुनाएर 
अहिलेको रङ्गीन संसारमा 
किन आधुनिक बनाउँदै छाैँ ?