Logo

Student Corner

म र मेरो परिवार

Written by: Saimon Poudel - 30068, Grade VI

Posted on: 26 June, 2023

मेरो नाम साइमन पौडेल हो । मेरो  विद्यालयको नाम डियरवाक सिफल स्कुल हो । म अहिले  कक्षा ६ मा पढ्‌दै छु । मेरो बाबा, मेरी आमा, मेरी दिदी र म गरी मेराे परिवारमा चार जना सदस्य छाैँ । मेरो बाबा व्यापारी हुनुहुन्छ । आमा गृहिणी हुनुहुन्छ । मेरी दिदी  कक्षा ११ मा पढ्दै हुनुहुन्छ। मलाई खेलकुद अत्यन्तै मनपर्छ । खेलमा मलाई मनपर्ने खेल फुटबल हो । समय समयमा म फुटबल खेल्ने गर्छु । मलाई पढ्न पनि मनपर्छ । मेरो मनपर्ने किताब नेपाली हो । मेरी दिदीलाई पनि पढ्न एकदमै मनपर्छ । म अहिले काठमाडौँमा बस्छु । मेरी आमाले हाम्रो एकदमै ख्याल गर्नुहुन्छ । हामीलाई मनपर्ने खाजा र खाना बनाएर खुवाउनुहुन्छ । मलाई मःम, डोसा र स्याउ खान मनपर्छ । मैले मेरो परिवारलाई असाध्यै माया गर्छु । आमा, बुबा र दिदीले भनेका सबै कुरा मान्छु ।