Logo

Student Corner

मेरो कक्षाकोठा

Written by: Aslesha Baidhya - 32037, Grade IV

Posted on: 26 June, 2023

मेरो नाम अश्लेषा वैद्य हाे। म कक्षा चारमा पढ्छु। मेरो कक्षाकोठामा सेतो र निलोपाटी छ। त्यहाँ तेइसवटा टेबल र कुर्सीहरू छन्। सबै टेबुल र कुर्सीहरू काठबाट बनेका छन्। भुइँमा नरम गलैँचा छ। त्यो चाहिँ खरानी रङको छ। शिक्षकको आफ्नै एउटा टेबुल छ। निलोपाटीमा धेरै राम्रा-राम्रा कुराहरू लेखेर टाँसिएका छन्। हामीले राम्राे  चित्र बनायाैँ भने पनि निलो पाटीमा टाँसिन्छ। हामीले हाम्रो कलाकारिता त्यहाँ देख्याैँ भने हामी पनि खुसी हुन्छौँ। कक्षाकोठाभरि राम्रा-राम्रा चित्रहरू छन्। त्यो पनि हाम्रै विद्यालयका विद्यार्थीहरुले बनाएका हुन्। हाम्रो विद्यालयमा धेरै शिक्षकहरू शिक्षिकाहरू हुनुहुन्छ। कक्षाकोठामा एउटा घडी र दुईवटा पङ्खा पनि छ। पङ्खा हामीलाई गर्मी हुँदा चिसो हावा दिनलाई त्यहाँ राखिएको हो। हाम्रो शिक्षकले हामीलाई महिनैपिच्छे सिसाकलम, स्केल र रङ दिनुहुन्छ। मलाई मेरो कक्षाकोठा सफा लाग्छ र धेरै मनपर्छ।