Logo

Student Corner

अगि बढाैँ

Written by: Sonu Lama - 27013, Grade IX

Posted on: 23 June, 2023

याे धर्तीमा काेही पनि छैनन् सबै राम्राे

त्यसैले आफैँले आफैलाई  भन्नुपर्छ राम्राे

अरूकाे भरमा हैन आफ्नाे भरमा बस्नू

आफूलाई अरूभन्दा पर नराख्नू


 

पीर व्यथा सबैका आआफ्ना हुने

स्वभाव नै मानिसकाे दुःख पिरमा रुने

दुःखपछि बिस्तारै सुख पनि आउँछ

सुखले नै मानिसमा खुसीयाली छाउँछ ।


 

सबैकाे यहाँ भिन्न भिन्न लक्ष्य 

भगवान्ले गर्नुहुन्छ सबैकाे रक्षा

आफ्नाे लक्ष्य पूरा गर्न अगि बढाैँ

मिहिनेत गरी राम्रा किताब पढाैँ । 


 

सफल नभएसम्म काेसिस गर्नुपर्छ

कम गर्न पछि हाेइन, अघि सर्नुपर्छ

सबैलाई मद्दत गर्ने राम्राे हाे बानी

खराब मान्छे हाेइन हामी बन्नुपर्छ ज्ञानी  ।