Logo

Student Corner

सामुहिक काम र सहभागिता

Written by: Darshana Khadka - 31048, Grade V

Posted on: 23 June, 2023

समुदायको साझा समस्या समाधान र उद्देश्य प्राप्त गर्न सबै मिलेर समुदायको हित र उन्नतिका लागि गरिने क्रियाकलापहरूलाई सामुहिक कार्य भनिन्छ । सामुदायिका कामहरू निम्न छन्ः  बाटो बनाउने, मठमन्दिर मर्मत गर्ने, वृक्षारोपण गर्ने, नदीनाला सफा गर्ने, स्वास्थ्य चौकी बनाउने आदि हुन्। सामुहिक कार्यले मानिसहरूको साझा अवश्यकता पूरा हुन्छ। यसले मनिसहरूको ज्ञान, सिप र क्षमता बढ्छ । रोजगारी वृद्धि हुने, स्वरोजगारीको अवसर निर्माण हुने र गरिबी घट्छ । समुदाय र समाजमा शान्ति छाउँछ, विकास  कार्य अघि बढाउन सजिलो हुन्छ ।  समुदायिक काम गर्दा समुदाय हराभरा र सुविधाहरूले भरिएको हुन्छ । हामी सामूहिक कार्यमा सहभागी हुन जरुरी छ । सबै मिलेर काम गर्दा समुदायको काम छिट्टै सकिन्छ र समुदायको  विकास पनि चाँडै हुन्छ। समुदायिक कार्यमा सबै छिमेकी मिलेर काम गर्दा आपसि सम्बन्ध बढ्छ । सामुदायिक काम मिलेर गर्दा समुदायमा 'म' भन्ने भावना नभएर ‘हामी’ भन्ने भावनाको विकास हुन्छ । सामुदायिक काम गर्दा वरपरको वातावरण दूषित हुँदैन र एकदमै सफा हुन्छ ।