Logo

Student Corner

भाैगाेलिक विविधता

Written by: Manaswi Sapkota - 26004, Grade X

Posted on: 22 June, 2023

नेपाल भौगोलिक हिसाबले पहाडी, तराई र हिमाली गरी ३ भागमा विभाजन गरिएको छ । नेपालको संस्कृति, रीतिरिवाज, चाडपर्व आदि क्षेत्र र स्थानअनुसार फरक फरक छन् ।  नेपाल भौगोलिक रूपमा विभाजित र प्रत्येक क्षेत्रका लागि फरक-फरक संस्कृतिहरू भए पनि यो भावना र विचारकाे एकता भएको देश हो । नेपालको भौगोलिक विविधताको कारण प्रत्येक क्षेत्रका प्रकृति, माटो, रुख आदि फरक–फरक छन् ।

 

नेपालकाे हिमालय क्षेत्र समुन्द्र सतहबाट ३००० मिटरदेखि ८ हजार आठसय ४८ उचाइमा रहेको छ । यस क्षेत्रको हावापानी सामान्यतया २० डिग्री सेल्सियससम्म हुन्छ । यस क्षेत्रका अधिकांश मानिसहरूले आम्दानी र खानाको लागि पशुपालन गर्छन् । यार्सागुम्बा जस्ता औषधीय जडीबुटी पनि यहाँ पाइन्छन् । यस क्षेत्रमा कस्तुरी मृग, मुनालजस्ता वन्यजन्तुहरू पाइन्छन् भने घरपालुवा जनावरहरू याक, बाख्रा आदि रहेका छन् । यस क्षेत्रका केही पर्यटक आकर्षणहरू सगरमाथा आरोहण, अन्नपूर्ण आधार शिविर आदि हुन् ।

 

नेपालको पहाडी क्षेत्र तराई प्रदेशको उत्तर तथा हिमाली प्रदेशको दक्षिणमा समुन्द्री सतहबाट करिब ६०० मिटर देखि ३००० मिटरसम्मको उचार्ईमा झण्डै ७५ देखि १२५ कि.मि. सम्मको चौडाईभित्र पूर्वपश्चिम फैलिएको छ । यहाँ उपयुक्त किसिमकाे हावापानी भएकाले यहाँ धेरै फलफूल र तरकारी उत्पादन हुन्छ । यहाँ उत्तिस, सल्ला, लालीगुराँस लगायतका बिरुवाहरू हुर्किने गर्छन् । पहाडी क्षेत्र नेपालको सांस्कृतिक तथा सामाजिक रूपमा प्रख्यात छ । यस क्षेत्रमा पाइने जनावरहरूमा बाघ, भालु, ब्वाँसो, बँदेल, स्याल, बाँदर, खरायो, मृग आदि हुन् । पहाडी क्षेत्रका मानिसहरूले प्राय: खेतीपाती गरेर जीविकोपार्जन गर्छन् । आँप, लिची, मेवा, कागती,फर्सि, सुन्तला, कागती आदि नेपालको पहाडी क्षेत्रमा उत्पादन गरिन्छ । नेपालको पहाडी काठमाडाैँ उपत्यकाअन्तर्गत पशुपतिनाथ, स्वयम्भूनाथ, चाँगुनारायण, मनकामनालगायतका धार्मिक स्थलका कारण पनि धार्मिक पर्यटकको आकर्षण बढेको छ । पहाडी क्षेत्रको गौरवको रूपमा रहेको पशुपतिनाथ मन्दिरले पर्यटकलाई निकै लोभ्याउने गरेको छ । त्यस्तै, यस क्षेत्रको मध्यम हावापानीले पनि यसलाई लोकप्रिय र मनमोहक बनाएकाे छ । र्याफ्टिङ, बोटिङ, प्याराग्लाइडिङ, बन्जी जम्पिङ आदि पनि पर्यटकलाई आकर्षित गर्ने क्रियाकलापहरू छन्।



नेपालको सबैभन्दा दक्षिणी भागमा उत्तरदेखि दक्षिणतर्फ होचिदै गएको समुन्द्री सतहबाट ७० मिटरदेखि ६०० मिटरसम्मको उचार्ईसम्म फैलिएको समथर क्षेत्र तराई प्रदेश हाे । नेपालको तराई क्षेत्र कृषि उपलब्धिको लागि प्रसिद्ध छ । नेपालको तराई क्षेत्रमा एकसिङ्गे गैँडाजस्ता लोप हुन लागेका धेरै महत्त्वपूर्ण वन्यजन्तुहरू पनि पाइन्छन् । तराई क्षेत्र चिया र केराको निर्यातको लागि पनि जिम्मेवार छ । यहाँ मकै, कोदो, आलु आदि उत्पादन हुन्छ । नेपालमा ८० प्रतिशत धान तराई क्षेत्रमा उब्जनी हुन्छ । तराई भारतसँग जोडिएको हुनाले भारतीय संस्कृतिले तराईलाई पनि प्रभाव पारेकाे छ । यस क्षेत्रमा गैँडा, जङ्गली भैँसी, हात्ती, बाघ, भालु, मृग, हरिण र बाँदरजस्ता जनावरहरू पाइन्छ । त्यसैगरी तराई क्षेत्रमा ढुकुर, मयुर, टर्की आदि चराहरू पनि पाइन्छन् । 
निष्कर्षमा भन्नुपर्दा, नेपाल भूगोल र संस्कृतिका हिसाबले भिन्नताले भरिएको देश हो । यी भिन्नताहरूलाई स्वीकार गरेर पनि मानिसहरू एकजुट भएर बस्छन्। नेपाली नागरिक एकजुट भएर आफ्नो राष्ट्रिय सम्पदाको संरक्षण गर्नुपर्छ ।