Logo

Student Corner

पोखरा घुम्ने सोच

Written by: Nirvik Gurung - 32022, Grade IV

Posted on: 22 June, 2023

म यसपालिकाे दसैँ छुट्टीमा पोखरा जाने सोच गरेको छु। म पोखरा मेराे परिवारसँग जानेछु। मेरो परिवारमा आमा, बुबा, बहिनी र म छाैँ। हामी पोखरा बसबाट जानेछाैँ किनभने हवाइजहाजको यात्रा मलाई अलि जोखिम लाग्ने गर्छ। त्यसैले हामी बसबाट पोखरा जानेछाैँ। पोखरा बसबाट जाँदा ६ देखि ७ घण्टा लाग्छ हाेला। पोखरामा हामी ५ दिन बस्ने सोच बनाएका छाैँ। पोखरा पुगेपछि पहिलो दिन हामी साँझमा फेवाताल वरिपरि मात्र घुम्नेछाैँ। दोस्रो दिन हामी बिहानै डुङ्गा लिएर फेवातालमा सयर गर्नेर्छौं। हामी फेवातालको बीचमा रहेको मन्दिरको दर्शन पनि गर्नेछौँ। तेस्रो दिन हामी फेवातालपारि बाैद्व स्तुपा सम्म जानेछौँ।  बाैद्व स्तुपा बाट फेवाताल र वरिपरिका सुन्दर दृश्य देखिन्छ। चौंथो दिन हामी केबलकार चढेर सारङकाेट जानेछौँ। त्यसदिन हामी पोखरामा पिज्जा खानेछाैँ। पाँचौं दिन हामी घर फर्किने छौँ।