Logo

Student Corner

मन

Written by: Aayotrie Chaudhary - 27019, Grade IX

Posted on: 21 June, 2023

बगैँचामा सुन्दर फूल फुल्दै
एकान्तमा रमाउँदै भुल्दै
पुतली माथि उड्दै गरेकाे
याे हाे शान्त र सुन्दर ठाउँ ।

 

म प्रकृतिमा रमाउँछु, बस्छु
र खेल्छु उसैसँग साथी बन्छु
मलाई   मेराे  परिवारले हेर्छ
एउटा चराकाे चिर्बिर आवाजमा

 

म त्यहाँ रमाएँ अनि हराएँ
त्यहाँ एउटा ढाेका देखेँ
ढाेका कतै पनि बन्द देखिन 
ढाेकामा  कही पनि चुकुल थिएन ।

 

मभित्रकाे संसार हरायाे
ढाेकाभित्रकाे संसारमा गयाे
खास मेराे घर त्यही थियाे
जहाँ सुन्दर बगैँचा थियाे ।