Logo

Student Corner

हाम्रो नेपाल

Written by: Sauravi Thapa - 29030, Grade VII

Posted on: 21 June, 2023

शान्त थियो हाम्रो नेपाल
अशान्त  छाइदियो 
सुन्दर थियो हाम्रो नेपाल
रगतको नशा लागिदियो ।

 

नेपालीले नेपालीलाई
किन होला मारेको
जो मरे नि नेपालले नै
जनाता गुमाएकाे ।

 

चराचुरुङ्गी घुम्ने आकाशमा
गोला बन्दुक घुम्ने गर्छ आज 
कोइलीले बोल्ने मिठो स्वर
वनमा मात्र  राज ।

 

शान्त थियो हाम्रो नेपाल
अशान्तले छाइदियो 
सुन्दर थियो हाम्रो नेपाल
रगतको नशा लागिदियो ।