Logo

Student Corner

सानी सानी नानी (कविता)

Written by: Aiunkeen Karki - 31046, Grade V

Posted on: 21 June, 2023

सानी सानी नानीको कति राम्रो बानी 
बिहान छिटो उठेर ब्रस गर्ने बानी 
नित्यकर्म गरेर पूजापाठ गर्छिन्
साना ठुला सबैसँग मिठो बोली बोल्छिन्।

 

केही समय खेल खेल्छिन् केही समय पढ्छिन्  
मुसुमुसु हाँस्छिन् सधैँ ज्ञानी मान्छे बन्छिन् 
आफै खाना खाएर विद्यालय जान्छिन्
साथीसँग मिलिजुली पढ्ने लेख्ने गर्छिन्