Logo

Student Corner

नेपाली भूभाग

Written by: Rushina Tamang - 26008, Grade X

Posted on: 20 June, 2023

नेपाल एसिया महादेशमा अवस्थित एउटा सुन्दर देश हो । यो एसियाको दक्षिणी भागमा अवस्थित भूपरिवेष्ठित देश हो। यो हिमालयमा अवस्थित छ र उत्तरमा जनवादी गणतन्त्र चीन र दक्षिण, पूर्व र पश्चिममा भारत गणतन्त्रको सिमाना छ । नेपालले कुनै महासागर वा समुद्रलाई नछोए तापनि नेपालको भूगोलभित्र सयौँ नदी, पोखरी र तालहरू रहेकाले जलस्रोतमा धनी छ । नेपालको भूगोलको कुरा गर्दा नेपालको भूगोल एकदमै सुन्दर छ । नेपालको भूगोललाई तीनवटा क्षेत्रमा विभाजन गरिएको छ । हिमाली क्षेत्र, तराई क्षेत्र र पहाडी क्षेत्र। धेरै देशहरू भन्दा फरक, नेपालमा तीनवटा फरक भूमि छन् । र तीनवटै क्षेत्रका आ–आफ्नै विशिष्टता, महत्त्व र छन् । 
 

नेपालको सबैभन्दा माथिल्लो भागमा रहेको पहाडी क्षेत्रमा सुन्दर सुन्दर हिमालहरू अवस्थित रहेका छन् । ६००० मीटरभन्दा माथि नेपालमा १,३१० एउटा पहाडहरू छन् । र संसारमा भएको १४ एउटा ८००० मिटरभन्दा माथि अग्लो पहाडहरूमध्ये ८ एउटा पहाडहरू नेपालको भूभागमा अवस्थित रहेका छन् । ती ८ हिमालहरू सगरमाथा , कन्चनजन्गा, लोत्से, मकालु, धौलागिरी, मनास्लु, चोयु, र अन्नपूर्ण हुन् । यी ८ हिमालहरूमध्ये सगरमाथा हिमाल संसारको सबैभन्दा अग्लो हिमाल हो । र यो नेपालको भूभागमा अवस्थित हुनु नेपालको लागि गर्वकाे कुरा हो । सगरमाथा हिमालको उचाइ ८८४८ मिटर रहेको छ। 

 

यस क्षेत्रमा शेर्पा जातीय व्यक्तिहरूको बसोबास रहेको छ । शेर्पाहरू पहाडी भूभागमा आदिवासी हुन् । शेर्पाहरू पहाडी भूभागमा बस्दा बस्दा उनीहरूको शरीर त्यही भूभागको आधारमा विकास भएको छ । जसका कारण शेर्पाहरूको शरीर अरु व्यक्तिको शरीरभन्दा फरक र अझै विकसित हुन्छ, जसले उनीहरूलाई चिसो ठाउँमा स्वतन्त्र रूपमा सास फेर्न, जति चिसो भए पनि आफ्नो शरीरको तापमान कायम राख्न, र ८८४८ को उचाइमा रहेको पहाडहरू जस्तो अग्लो ठाउँहरूलाई पानि सजिलोले चढ्न सक्ने शक्ति दिन्छ । यस भूभागमा हिमालयन याकहरू र हिउँ चितुवाहरू पनि पाइन्छ जुन यो संसारमा अरू कही पनि पाईंदैन । संसारमा अरू कहीँ पनि नपाइने लालीगुराँस फूल जुन नेपालको राष्ट्रिय फूल पनि हो, यो फूल पनि नेपालको पहाडी भूभागमा आवस्थित छ । यी कुराबाहेक यहाँ टन्नै बुद्धिस्ट गुम्बाहरू पनि अवस्थित रहेका छन् । 

 

नेपालको पहाडी क्षेत्र निकै सुन्दर छ । यस क्षेत्रमा रहेका अनेक चीजहरूले पहाडी क्षेत्रकाे सुन्दरतालाई बढाउने काम गरेका छन् । नेपाली सुन्दरता र प्रकृतिकाे अनुभव लिन र रमाउन  हरेक वर्ष धेरै पर्यटक नेपाल भ्रमणमा आउने  गर्छन् । त्यसैले यो नेपालको गौरवमय पक्ष हो ।