Logo

Student Corner

नेपाली र नेपाल

Written by: Bisu Maharjan - 28003, Grade VIII

Posted on: 20 June, 2023

छन् हिमाल चुली जहाँ
झुल्किन्छन् घामका किरण त्यहाँ
हिमालसरि नझुकेको यो
वीर सपुतहरूको देश हाे 
छन् धेरै कथा वीरताका
छाती थापी देश बचाएका 
न कसैले झुकाउन सक्यो
न कसैको अघि झुक्यो
अझ यो शरीरमा रगत सपुतको छ
परिहाले मर्न मार्न देशको लागि  तयार छ