Logo

Student Corner

मेरो तीर्थयात्रा

Written by: Selena Bhattarai - 30041, Grade VI

Posted on: 20 June, 2023

तीर्थ  जानका लागि गरिने यात्रालाई तीर्थयात्रा भनिन्छ। तीर्थयात्रा धार्मिक धार्मिक उद्देश्यले गरिन्छ। म केही दिन अगाडि तीर्थयात्रामा गएकी थिएँ । त्यो मेरो वनारससम्मको यात्रा थियो। वनारस भारतमा पर्छ। यो ठाउँ धार्मिक रूपमा प्रसिद्ध छ । म राति ८ बजे गाेरखपुरबाट रेल चढेँ । करिब १२ घण्टापछि बिहानको १० बजेतिर म बनारस पुगेँ । वनारस  पुग्नेबित्तिकै काशीमा गएर नुहाएँ ।  काशी नदीमा नुहाउँदा मलाई डर पनि लागेको थियो । मैले बनारसमा धेरै मठ मन्दिर हरुको दर्शन गरेँ । काशी विश्वनाथ, काल भैरव, सङ्‌कट मोचन, विन्दवासिनी  अष्टभुजालगायत विभिन्न मन्दिरको दर्शन गर्न पाउँदा मलाई अत्यन्त रमाइलो लाग्यो । तीर्थयात्राकै क्रममा मेरो जन्मदिन परेको थियो । जन्मदिनका दिन म इलाहाबाद गएँ ।  इलाहाबादको ठुलो पोखरीमा नुहाएँ। भगवान्‌को दर्शन गरेँ ।सबैले मलाई जन्मदिनको शुभकामना  दिनुभयो । मैले त्यहाँ केक पनि काटेँ, उपहार पनि पाएँ । यसरी मलाई वनारस‌को तीर्थयात्रा धेरै नै रमाइलो लाग्यो ।