Logo

Student Corner

बुबाकाे सङ्घर्ष

Written by: Anushka Kalu - 27025, Grade IX

Posted on: 19 June, 2023

सानै उमेरदेखि परिवारकाे जिम्मेवारी बाेकेर
हाम्रा लागि वर्मा गएका थिए बा
त्याे कलिलाे उमेरमा केही नसाेची
संसारसँग लड्न तयार भएका बा ।

 

बा ! शब्द एक, 
जीवनमा ठुलाे जिम्मेवारीकाे भारी बाेकेर
अगाडि हिँडेका तिमी
जीवनमा एक नयाँ छाप छाेडेर 



तिमी मेरा लागि भगवान् समान हाै
हाम्राे लालन -पालनका लागि
भारी बाेकेर नथाकेका तिमी
सारा संसारलाई जितेका तिमी

 

सङ्घर्षकाे भारी बाेक्दै विदेश गएका
पसिना झारेर आदर्श सिकाएका
तिमी साच्चिकै महान् छाै
मभित्र तिमी रहिरहने छाै ।