Logo

Student Corner

राष्ट्रिय सम्पत्ति

Written by: Hardik Sharma Phuyal - 29047, Grade VII

Posted on: 19 June, 2023

हरियो वन हाम्रो धन,नेपालीले भन्छन्। 
सङ्गीतले प्रीति रच्ने सङ्गीतकारले गुन्छन् ।
हिमालदेखि तराइमा, शङ्करको बास छ।
यही विशाल भण्डारसँग सबैकाे आश छ ।

 

जननी जन्मभूमि स्वर्गभन्दा ठुलो।  
यही भूमिले दिन्छ सबलाई ओखतीमूलाे । 
बुद्धको सिर्जना, हिमाल मेरो हाँस्छ।
शान्तिको सन्देशले सबकाे मन राख्छ ।

 

सबैभन्दा महान्, यो देश हाम्रो हाँस्छ।
हाम्राे राम्राे कर्मले हाम्राे देश बाँच्छ ।
बहुभाषी, बहुधर्मी, बहुसंस्कृतिको भेष । 
भेदभाव नभएको, ऐतिहासिक देश ।

 

स्वतन्त्रता, जनताको अधिकार लोकतन्त्र,
शान्ति, सुरक्षा, समृद्धिको लागि अर्थतन्त्र, 
शिक्षा, स्वास्थ्य, रोजगारको कमी पनि सत्र ।
राष्ट्रिय एकता जगाउने वस्त्र। 


    
हिमाल र तराई हो सुन्दर शान्ति छाया।
जय जय नेपाल हो, प्रीती रच्ने माया।