Logo

Student Corner

मेरो रहर

Written by: Salvia Kapali - 30026, Grade VI

Posted on: 16 June, 2023

मेरो नाम साल्भिया कपाली हो। म अहिले कक्षा ६ मा पढ्छु । मेरो देशको नाम नेपाल हो। नेपाल अत्यन्तै सुन्दर देश हो। नेपाललाई सधैँ यस्तै सुन्दर र सफा राख्नुपर्छ । वातावरण प्रदूषणले गर्दा नेपाल पहिला जस्तो सुन्दर छैन । मानिसकै कारणले गर्दा वातावरण फोहोर भएको हो । मनिसले घर, टोल, मन्दिर जताततै फोहोर फालेका छन् । रुखहरू काटेका छन्। पानीमा फोहोर र ढल मिसाएर पानी फोहोर बनाएका छन् ।  यी सबै कुरा देख्दा मलाई दुःख लाग्छ । पानी हाम्रो जीवनमा महत्त्वपूर्ण छ । पानीबिना कोही पनि बाँच्न सक्दैन भन्ने कुरा मानिसले बुझ्न सकेका छैनन् त्यसैले त पानीलाई फोहोर बनाएका छन् । नेपाली जनतामा चेतना आएको, सबै नेपाली मिलेर देश नेपाललाई सफा, सुन्दर र स्वच्छ बनाएको हेर्ने मेरो रहर छ ।