Logo

Student Corner

देशको लागि

Written by: Eshita Lal - 28015, Grade VIII

Posted on: 16 June, 2023

हामी सबैकाे दिव्य मुकुट हो यो नेपाल याे
थाहा पाई हामीले महत्त्व दिएका छौँ बाहिरी देशको,
कति थिए होला करोडाैँ जति होला मरेर गएका
आफ्नो मातृभूमिको लागि कम्मर कसेका ।

 

थिए उनीहरु मरेर गएका आफ्नै लागि त हो
तर पनि थिए केही जो मर्ने थिए देशको लागि
देशका लागि मरी मेटे सर्वस्व नै ठानी 
आफ्नाे भन्दा देश नै ठुलाे भन्ने कुरा मानी ।

 

देशको लागि घाँटीमा फाँसी हाँसी लगाएका
देशकै लागि सबै जीवन समर्पण गरेका
सबैको मुखमा एकै शब्द छ, सहिदकाे नाममा 
इज्जत गराैँ सम्मान गराैँ उनका महान काममा ।

 

थिए धेरै, मरी गए, नाम सबैका थिएनन् लेखेका
नाममा सहिद, मान पाएनन तिनले जीवनमा
हुने थिएनन् खुसी जीवनमा मारेका थिए त
राम्रा कामले उनले धेरै याेगदान दिए छ ।

 

मागेका थिएनन जीवनमा कहिले देशबाट तिनले
देशले के दिन नसकेको नसोची लडेका थिए
आफूले के दिन सकिन्छ भनि लडेका थिए
राम्रा कामले देशका लागि ठुलाे  याेगदान  दिए  ।