Logo

Student Corner

मेराे देश

Written by: Bibhuti Pathak - 34044, Grade II

Posted on: 16 June, 2023

मेरो देशको नाम नेपाल हो । मेरो देश भारत र चीनको बीचमा छ। मेरो देशको प्रधानमन्त्रीको नाम पुष्पकमल दाहाल हाे । मेरो देशको राष्ट्रपति रामचन्द्र पौडेल हाे । मेरो देशमा हिमाल, पहाड, नदीहरू छन्।  विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा पनि नेपालमै छ। नेपालको सुन्दरता हेर्न विदेशबाट मान्छेहरू आउँछन्। हाम्रो देशमा विभिन्न जात, धर्म,संस्कृतिका मानिसहरू बसोबास गर्छन् । सबैको आ‍-आफ्नै खानपिन, रहनसहन, बोली,चालचलन छ । मलाई मेरो देश मन पर्छ ।