Logo

Student Corner

सङ्गत

Written by: Eshaan Kumar Rajbhandari - 27027, Grade IX

Posted on: 15 June, 2023

सुरज र भरत, दुवै एकदमै मिल्ने साथी थिए । उनीहरूका अभिभावकहरू पनि मिल्ने साथी भएर होला, उनीहरूको त्यस्तै कहिलेकाँही मात्र कुरो मिल्दैनथ्यो । विद्यालयमा पनि सुरजलाई खोज्नुपर्दा वा भरतलाई खोज्नुपर्दा, पहिले एक अर्कालाई नै खोज्नुपर्थ्यो किनभने सुरज र भरत, यी दुवै जना विद्यालयमा धेरै समयभन्दा नि जहिले पनि एक र अर्कासँगै देखिन्थे । दुवै जना विद्यालयका प्रथम विद्यार्थीहरू थिए । यी दुवै जना पढाइमा मात्र नभएर अरू गतिविधिहरूमा पनि सक्रिय थिए । उनीहरू आफ्ना विद्यलयका  सान तथा तारा थिए।

यी सबै कुराहरू तब खस्किन थाले, जब एक दिन उनीहरूकाे कक्षामा एक सजन नामक नयाँ विद्यार्थी भर्ना भयो । त्यतिखेर सुरज र भरत कक्षा नौमा पढिरहेका थिए । सजन एक अमिर घले परिवारमा हुर्केको एक बिग्रेको विद्यार्थी थियो । सजन, सुरज र भरत अब खुब मिल्न थाले, अब सुरज र भरतका समूहमा सजन पनि समावेश भयो । सजनका विभिन्न किसिमका नराम्रा बानीहरू थिए, तीमध्ये हुन् होहल्लाह गर्ने, अरू विद्यार्थीहरूलाई होच्याएर तथा गरिब परिवारका मुख्य गरी विद्यार्थीहरूलाई जिस्क्याउने जस्ता हुन् । अब सुरज र भरत एकदमै संस्कारी भएकाले सजन बदलिनु पर्ने ठाउँमा भरतले एक्कासी आफ्नो चरित्रमा परिवर्तन ल्यायो । ऊ पनि अब बिस्तारै सजन जस्तै नराम्रा सङ्गतमा लाग्दै गयो । सजनजस्ता सजनक थुप्रै अरू पनि बिग्रेका विद्यार्थीहरू थिए, जो सुरज र भरतले सजनद्वारा नै चिनेका थिए । यिनै साथीद्वारा साथीमार्फत् भरत झन् झनै बिग्रदै गयो । बिग्रियो एक अर्थमा नराम्रा काम अथवा लागु पदार्थमा आदि भयो । सुरजले भरतलाई भन्यो, “भरत ! मेरो साथी तिमी मबाट किन टाढिन्छौ ? कृपया म कहाँ फर्कनुहोस् मेरो साथी त्यसै गरेर अर्को तर्फमा थियो सजन, ऊ भने चाँहि सुरजको राम्रो सङ्गत तथा संस्कारले गर्दा ऊ पनि सुरज र पहिलेको भरत झैँ बनेको थियो । 
एक महिना पछि यी तीनै जनाका परीक्षा थियो । अहिलेको यस निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीमा गृहकार्य र कक्षाकार्य अङ्क पनि परीक्षामा पनि अङ्क जोडिने भएकाले, सजन र सुरज खुब मिहिनेत गर्न थाले उता भरत भने त्यही नराम्रा कार्यहरूमा व्यस्त थियो । परीक्षा आउन एक हप्ता मात्र बाकी थियो। सुरजलाई थाहा थियो कि आफ्नो बाल्यकालदेखि अहिले सम्मको साथीले केही पनि पढेको छैन भनेर त्यसैले ऊ आफ्नो साथी भएको ठाउँ गयो । उसलाई सम्झायो, “ मेरो साथी आऊ यार हामी पहिलेझैँ मिलिजुली पढौँ । अब परीक्षा आउँदै छ, क्यास प्रणालीले कारण अझ मिहिनेत गर्नुपर्छ । हार नमान है ल आऊ !” त्यसपछि भरतले झर्को  मानेर जवाफ फर्कायो, “तैँले भन्दैमा म आउँछु ! म जस्तो प्रथम विद्यार्थी पढ्नु पर्दैन । तिमी र तिम्रो प्यारो साथी सजन मिलेर पढ ।” यो सुनेर सुरजले बुझ्यो कि उसको साथी आफ्नो पुरानो साथी रहेन । त्यसपछि परीक्षा भयो । नतिजा वितरण पनि भयाे । सबैले थाहा पाए कि भरतबाहेक उसको कक्षाका सबै अरू विद्यार्थी पास भए । सुरज प्रथम भयो र सजन त्यस्तै दसाैँ स्थानमा आयो । त्यसपछि सुरज, सुरजको परिवार र भरतको परिवार तथा सबैले भरतलाई सम्झाए पहिले जस्तै हुन मद्दत गरे । त्यसैले सबैले सङ्गतअनुसारकाे फल पाउँछन् ।