Logo

Student Corner

आमा

Written by: Aadhyashree Poudyal - 29060, Grade VII

Posted on: 15 June, 2023

९ महिना उनले पेटमा राखिन् रुदै कराउँदै 
सास फेर्न गाह्रै थियाे हिडिन् मुस्कुराउँदै
जन्माइन् मलाई हुर्काइन्  मलाई स्याहारसुसार गरिन्
जति गाह्राे परे पनि निकै  मुस्कुराइन्  

 

मीठोमसिनो खाना खुवाइन् मलाई शक्ति दिन 
स-साना कुरा मानिन्  मलाई हुर्काउन
रिसाउँदै झर्केँ म जहिले तर केही भनिनन् 
हुन त हो नि आमा हुन् गाह्रो परो उनलाई

 

काम गर्दा उनले सघाइन मलाई पाइला पाइलामा 
सकिनसकी काम गरिन् उनले मलाई राम्रो बनाउन
पढ्दा उनले सघाइन् मलाई जे भए पनि 
हुन त हो नि आमा हुन गाह्रो परो उनलाई



साना साना कुरा याद गरिन् मेरो लागि मात्रै 
हात समाई हिँडे म त उनकाे साथसाथै
ठुलो भए सहयोग गर्छु म  अब उनलाई 
हुन त हो नि आमा हुन गाह्रो परो उनलाई