Logo

Student Corner

मेरो परिवार

Written by: Shashwat Poudel - 33036, Grade III

Posted on: 15 June, 2023

मेरो नाम शाश्वत पौडेल हो । मेरो परिवार ठुलो छ । मेरो परिवारमा छ जना सदस्य हुनुहुन्छ । मेरो हजुरबुबा लेखक हुनुहुन्छ । मेरी हजुरआमाले घरको काम र हेरचाह पनि गर्नुहुन्छ । मेरी आमा अस्पतालको प्रबन्धक हुनुहुन्छ । मेरा मामा र माइजू डाक्टर हुनुहुन्छ । हामी सबै मिलेर हाम्रो घर चाबहिलमा बस्छाैँ । हामी एकअर्कालाई सहयोग पनि गर्छौँ । म मेरो परिवारको सबैभन्दा सानो सदस्य हुँ । मलाई मेरो परिवार प्यारो लाग्छ । मलाई सबैले धेरै माया गर्नुहुन्छ र म पनि उहाँहरूलाई आदर गर्छु ।