Logo

Student Corner

कथाः यसको कारण म पनि हो र ?

Written by: Tanishq Shakya - 28011, Grade VIII

Posted on: 14 June, 2023

"ओहो ! कस्तो गर्मी हो आज, कामको लागि गाडीबाट एकछिन बाहिर त के गएँ सबै पसिना पसिना पो भयो ।" उमेशले मायालाई आफ्नो नयाँ गाडीको चिसो ए.सी.को हावामा बस्दै पानीको एक घुट्को लिएपछि बाहिर भएको घटना बारे भने । मायाले पनि उमेशको कुरामा सहमति दिएर आफ्नो पनि कुरा राखी ।

उमेश एउटा ठुलो उद्योगको मालिक थिए भने उनकी श्रीमती माया चाहिँ पहिले त्यही उद्योगमा काम गर्थिन् तर अहिले उनी एउटा क्याफे चलाउँछिन् । उनीहरूकी एक छोरी पनि थिई, मिना । मिना चाहि पाँच कक्षामा पढ्थी । एक हप्ता अगाडि नै उमेशले एउटा नयाँ गाडी किनेका थिए र उनी र उनको परिवार भने अर्को उद्योग बनाउनका लागि एउटा जग्गा हेर्न गएका थिए ।

बाटामा गाडी दौड्दै थियो, वरिपरि सुन्दर बगैचा र घना वनजङ्गल थिए । वरिपरिको स्वच्छ हावा र सुन्दर वातावरण देखेर मिना खुसी हुँदै गाडी रोक्न भनेर अनुरोध गरिन् । उमेशले मिनाको अनुरोधले गाडी रोके । मिना भने गाडीबाट ओर्लेर बगैँचातर्फ दौडिइन् र मिनाको पछि पछि माया र उमेश पनि लागे । "कस्तो सुन्दर ठाउँँ, यस्तो ठाउँँ सहरमा भए कस्तो राम्रो हुन्थ्यो ।" मिनाले भनिहालिन् र वरिपरिको वातावरणमा मग्न हुँदै त्यो ठाउँँका फोटोहरू खिचिन् । केहीबेर त्यहाँ बस्दा मिनालाई रमाइलो लाग्यो, सायद त्यस्तो ठाउँँ सहरको विभिन्न भवन, घर, उद्योग, सडकका भिड, धुवाँ, गाडी आदिमा नदेखिने भएकोले पनि होला, सानै देखि सहरमा हुर्किएर त्यस्तो ठाउँँहरू किताबका चित्रमा मात्र देखेको भएर वा केही नौलो कुरा देखेको भएर होला मिनालाई त्यो ठाउँँ अत्यन्त मन पर्‍याे । त्यस दिन साँझ पर्न लागेको थियो र उमेश र मायाले पनि बाँकी यात्रा अर्को दिन गर्ने भनेर निर्णय गरे । मिनालाई उमेशले बोलाए र उनीहरू फेरि गाडीभित्र बसेर होटलतर्फ गए ।

मिना त्यस दिनको यात्राले धेरै थकित भएका कारण खाना खाएपछि सुतिहालिन् र उमेश र माया चाहिँ कुराकानी गर्दै थिए । उनीहरू अगाडि भएको घटनाको बारेमा चर्चा गर्दै थिए । कुरा गर्दागर्दै उनीहरूले आफू मिनाको उमेरमा भएको समयको बारे पनि बताउन थाले । "पहिले त स्कुलबाट फर्कनासाथ हामी साथीहरूसँग खेल खेल्न जान्थ्यौँ तर अहिले एकछिन बाहिर के टेक्याे गर्मीले त केही काम गर्न पनि गाह्रो हुन्छ ।" उमेशले भने । मायाले थपी,  "हो नि पहिले त जति काम गरे पनि वा केही खेल खेले पनि त्यति गर्मी हुँदैनथ्यो, जाडो महिनामा पनि पहिले त बाक्लो लुगा लगाउँदा पनि चिसो हुन्थ्यो तर अहिले भने कति गर्मी हुन्छ।"

अर्को दिन उनीहरू जग्गा हेर्नका लागि गए, त्यो ठाउँँ उनीहरूले अघिल्लो दिन देखेको जस्तो राम्रो ठाउँँ त थिएन, त्यहाँ बोटबिरुवा उखेलिएका थिए र केही रुखहरू काटिएका पनि थिए । त्यहाँ उद्योग बनाउन सकिन्थ्यो र केही बेरको कुराकानीपछि त्यो जग्गा उमेशले किन्ने विचार गरे । उद्योग बनाउँदा त्यहाँ भएका रुखहरू काटिदै थिएन ।

जग्गा किनिसकेपछि उमेश, माया र मिना फेरि आफ्नो सहरतर्फ लागे । सहर पुगेको केही दिनपछि मिनाको स्कुल खुल्यो । स्कुल खुलेपछि मिनाले आफ्ना साथीहरूलाई उनी गएकाे आकर्षक ठाउँँको बारेमा बताइन् र आजकल बढिरहेको गर्मीबारे पनि भनिन् । मिनाले त्यति भन्दैमा शिक्षक कक्षाभित्र आउनुभयो र पाठको सुरुआत गर्नुभयो । त्यो शिक्षकले मिनाको कुरा सुनेर हो कि, त्यसदिन धर्तीमा बढेको गर्मीको कुरा गर्नुभयो र त्यसैबारे पाठ पनि पढाउनुभयो । त्यस पाठको नाम ग्लोबल वार्मिंङ थियो । शिक्षकले बिस्तारै ग्लोबल वार्मिंगको बारेमा बुझाउँदै गर्नुभयो। स्कुल छुट्टी भएपछि मिना आफ्नो घर फर्की र आफ्ना आमाबुबालाई पनि ग्लोबल वार्मिंगको बारेमा बताई । मिनाले महसुस गरिन् कि सहरमा वनजङ्गलहरू काटेर नै ती भवन, घर आदि बनाइएका हुन् । उनले बुझ्न थालिन् कि उनी होइन उनका आमा बुबा पनि जलवायु  परिवर्तन एक कारण थिए ।

जुन समाजलाई हामी विकसित बनाउन प्रवीधिको उपयोग गरिरहेका छौ त्यही समाज हामी वनजङ्गल काटेर प्रकृतिलाई नष्ट गर्दै छौ भन्ने कुरा मिनाले बुझिन् । उसका बुबा उमेशले पनि यस्तो कुरा सुनेर उद्योग बनाउन किनेको जग्गामा बोट बिरुवाहरू रोप्न लागे र प्रकृति बचाउने बाटोतर्फ लागे ।