Logo

Student Corner

जीवन

Written by: Aayusi Shrestha - 26002, Grade X

Posted on: 14 June, 2023

खोजेको खुसी,शान्ति र मनभरिका सपना
आँखामा आएको अवसर अनि टक्कर
सपनाका रङ्गले नै रङ्गिएको  यो यात्रा
उज्यालोले परिणाम दिने छ भन्ने आशमा
जीवन बाँचिरहेका हामी मानव

 

सङ्घर्षको मार्गमा अगि बढ्दै 
पाउन खुसीको सहारा,
सपनाहरूको बजारमा
हिँडेका हामी मानव
दियो लिएर जीवनकाे पथमा,

 

किताबले दिएका ज्ञानका अनुभवहरू,
जीवनका महान् ज्ञान बनेर 
हाम्राे जीवनका आधार बनेका छन्,
हाम्राे जीवनका खुसी बनेका छन् ।

 

बितेको जीवनबारे सोचियाे भने 
आउँदाे जीवन सच्चिन सक्छ, 
जीवन सार्थक बन्न सक्छ,
जीवन महान् बन्न सक्छ ।