Logo

Student Corner

मचाती जात्रा

Written by: Pratik Dangol - 27009, Grade IX

Posted on: 13 June, 2023

मचाती  जात्रालाई अर्को शब्दमा त्रिशुल जात्रा पनि भनिन्छ । यो जात्रा उपत्यकामा मनाउने अनौठो जात्रामध्ये एक मानिन्छ । यो जात्रा अरू जात्राहरूझैँ देवताको सम्मानमा नमनाई हामी मानिसको दानवप्रति जितको प्रतीकमा मनाउने किंवदन्ती रहेको छ। 
किंवदन्तीअनुसार धेरै अघि एउटा दानवले बच्चाहरूलाई अपरहण गर्थ्याे । पशुपति क्षेत्रका मानिसहरू दानवले गर्दा हैरान भएका थिए । अन्त्यमा तान्त्रिक पुजारीहरूका मद्दतले देवपाटनका निवासीहरूले दानवबाट छुट्कारा पाए र त्यसको बच्चालाई समात्न सफल भए । पछि त्यो दानव भागेर नागार्जुन जङ्गलमा गएको मान्यता छ । हरेक वर्ष यो पर्व मनाउने क्रममा काठमाडाैँवासीले दानव सुपुर्दगीको मागलाई बेवास्ता गर्दै आएको हो । यो जात्रामा बच्चाहरूलाई दानवको प्रतीक मानी तीन ओटा खटमा राखिन्छ, अनि बासिन्दाहरूले खट बोकी  आर्यघाटमा लैजान्छन् ।

मचाती जात्रा दुई शब्द मचा जसको नेपाल भाषामा बच्चा हो र ति जसको नेपाल भाषामा अर्थ त्रिशुल हो । बच्चाहरूको पेटमा त्रिशुल घोपिएको हुनाले यसलाई त्रिशुल जात्रा पनि भनिएको हो ।  यस जात्रामा मुख्य तह तीन ओटा खट निकालिन्छ, दानवलाई बस्न दिएकोमा गाली गरिन्छ, र भुवनेश्वरी मन्दिरबाट निकालिएको शव यात्रा पनि गरिन्छ । वैशाख पूर्णिमाको दिन जीवित देवी कुमारीको पूजा गरी स्थानीय बासिन्दाहरूले जात्राको लागि दुई जना केटा र तीन जना केटीलाई छनोट गरिन्छ । त्यसपछि एक महिनापश्चात् असारमा जात्रा मनाइन्छ ।

दिउँसो ४ / ५ बजेको समयमा केही स्थानीयको टोलीले अर्याघाट नजिकैको बत्लेश्योरी मन्दिरबाट त्रिशुल घोपेको केटाको (कुमारको) खट निकाल्छन् । अर्को स्थानीयको टोलीले बैर्धारबाट त्रिशुल घोपेको केटीको (कुमारीको) खट निकाल्छन् । अर्को स्थानीय टोलीले एउटा कुमार सबैभन्दा माथि भएको र दुई ओटा कुमारी अलि तल छेउँछेउँमा भएको खट  तयार पारिन्छ । त्यसपछि पहिलो दुई खट तेश्रो खट भएकोमा जान्छ । त्यही बेला भुवानेश्वरीमा मुस्या फुलले बनईएको बन्धु दत्ता अचाजुको शव जसमा टाउको मानी बिष्णु भगवान्को प्रतीक मानी शालिग्राम हाएको निकालिन्छ। यो चाहिँ उहाँले दानव भगाउँन मद्दत गरेकोमा निकालिन्छ । त्यो शालिग्राम ४ जनाले बोक्छन र त्यो ३ ओटा खटपछि लगिन्छ । 
ती खटहरू जयबागेश्वरीदेखि सिफल लगिन्छ र फेरि फर्काउँदै दथु टोल, पाचा टोल, भुवनेश्वरी हुँदै आर्याघाट नजिकको एउटा घरमा लगिन्छ । त्यो खट यात्रामा युवाहरूले दानवलाई बस्न दिएकोमा अपशब्द प्रयोग गर्छन र आफूभित्र भएको रिस पोख्छन् । त्यसपछि बच्चाहरूलाई खटबाट निकालिन्छ, खाना खुवाइन्छ र आफैँ नबिउँझेसम्म कोसैले उठाउँदैनन् । पछि उठ्दा दानवले त्यो बालकहरूको शरीर छोडिसकेको हुन्छ र साधारण बालक बन्दछ । त्यसपछि भुवानेश्वरी मन्दिरमा तान्त्रिक सबलाई बिदाइ गरिन्छ र त्यसलाई आर्यघाट लगिन्छ ।