Logo

Student Corner

हिमाल

Written by: Barun Kadariya - 29053, Grade VII

Posted on: 13 June, 2023

हिमालको त्यो दृश्यमा 
चम्किने ती सूर्य।
त्यही सुन्दर आकाशमा
हुन्छन् हिमाल पूरा।

 

सगरमाथा उच्च शिखर
संसार वरिपरि। 
सच्चा गुणले भरिएका
हुन्छन सेता जमिन।

 

जति सेतो त्यति राम्रो
हिउँको वरिपरि।
त्यही हिउ नै पग्लिएर
बग्ने हो त्यो नदी

 

हिमालको त्यही सुन्दरता 
विश्वमा छन् धेरै।
जति हेरे त्यति राम्रो
लाग्छन् सबै मेरै ।

 

चिसो चिसो मौसम छन् त्यहाँ
चिसो चिसो हावा।
चराको छ चिरबिर चिरबिर
प्रकृति छ रम्य।