Logo

Student Corner

नेपालको सुन्दरता

Written by: Prasanna Dhungel - 28021, Grade VIII

Posted on: 12 June, 2023

नेपालको शिर उच्च छ, पहाडहरूमा 
हजारौँ सुन्दर गन्तव्य छन् नेपालमा
ती सुन्दर मयुर देशमा नाच्छन् 
यहाँको हिमाल हेरेरअरू सबै रमाउछन् |

 

हाम्रै आनौठा रितिरिवाजले रङ्गीन बनेका 
पहाड हेर्न अनगिन्ती पर्यटकहरू विचरण गर्छन्
अनि हाम्रै सुन्दर दृश्यहरूले मन्त्रमुग्ध हुन्छन्
तर यस्तो राम्रो देश छोडी युवाहरू विदेशिन्छन् 
कहिले पूरा हुनु सहिदहरूले दिएका कर्तव्यहरू ?

 

सुन्दर जङ्गल, मठमन्दिर र तालले भरिएको मेरो देश 
सबैतिर ढकमक्क फूल फुलेको
बगैँचाले भरिएको मेरो देश 
फोहोर मैला नफालौँ है यस्तो राम्रो प्रकृतिमा 
बिटुलाे नपाराैँ है  यस्तो शुद्ध प्रकृतिलाई

 

हाम्रा सहिदहरू को बलिदान नबिर्सौ ।
अल्छी नमानी उनीहरूको रगतको सम्मान गराैँ।
एक भई देश विकासमा लागाैँ ।