Logo

Student Corner

मनकामनाको यात्रा

Written by: Sangay Sherpa - 30030, Grade VI

Posted on: 12 June, 2023

२०७५ सालकाे बुद्ध जयन्तीको  अघिल्लाे दिन  बुबा र काकाले  मनकामना  जाने योजना बनाउनुभयो। म त्यो दिन धेरै  खुसी हुँदै  सुतेँ  ।भोलिपल्ट म बिहानको चार बजे   उठेँ र नित्यकर्म सकेँ। त्यसपछि  मैले भगवान्‌को प्राथना  र पूजा  गरेँ ।   बाबाहरू अलि ढिलो उठ्नुभयो  किनभने उहाँहरू ढिला सुत्नुभएको थियो ।बाबा र काकाले नित्यकर्म सकाएपछि हामी मनकामना दर्शनको लागि घरबाट हिड्यौँ । लगभग ५ घण्टा जतिको यात्रापछि हामीहरू मनकामना पुग्यौँ । ५ घन्टाको यात्रा गर्दा हामीलाई थकाइ लागेको थियो । केबलकार  चढ्नुभन्दा अघि हामीले खाजा खायौँ । हाम्रो थकान पनि मेटियो । मनकामना मन्दिर पुग्नको लागि हामी केबलकार चढ्यौँ । केबलकारभित्र मलाई डर लागेको थियो । डर सँगै रमाइलो अनुभूति पनि भएको थियो । लगभग १० मिनेटपछि हामी मन्दिरमा पुग्यौँ । त्यसपछि  हामीले भगवान्‌काे  पूजापाठ गर्यौँ । केही समय  मन्दिर वरिपरि घुम्यौँ ।फोटाहरू खिच्यौँ । यसपछि हामीले घर फर्किने तयारी गर्‍यौँ । बेलुका ७ बजेतिर त्यहाँबाट   गाडीमा चढ्यौं  ।राति  १२  बजेतिर   काकाको घरमा आइपुग्यौँ  त्यो दिन हामी काका कै घरमा बस्यौँ । राति भएको हुनाले   हामी काकाको घरमा नै सुत्यौँ । म बिहान उठेँ अनि बाबालाई उठाएँ । त्यसपछि बाबा र म आफ्नो घरमा गयौँ किनभने मेरो विद्यालय सुरु हुन लागेको थियो करिव ८ बजेतिर हामी घरमा पुग्यौँ। खाजा नास्ता  खाएपछि  म विद्यालय    गएँ । मेरो मनकामनाको यात्रा  बुद्ध जयन्तीको  समयमा परेको  थियो ।मैले यो  यात्रा  कहिल्यै भुल्न सक्दिनँ । यसरी मेरो मनकामनाको यात्रा पनि समाप्त भयो।