Logo

Student Corner

नेपाली छाेरी

Written by: Riti Niraula - 27029, Grade IX

Posted on: 09 June, 2023

नेपालकी छोरी यही मेराे पहिचान
गर्व छ मलाई  नेपाली हुन पाएकामा
मलाई गुराँसझैँ सम्झेर भन्छन्
सुन जस्तै चम्कन मात्र भन्छन् ।

 

बन्न चाहन्छु, म इतिहासमा एक
दिएर याेगदान त्याग अनेक
रूप पुतलीझैँ सुन्दर पार्नु छ सङ्गी
छ, माैसम वर्षाकाे बहुरङ्गी ।

 

रङ्गिन चाहन्छु म चाडपर्व सरी
सजावटी पिँजराकाे चरा सरी
चारैतिर यताउती गरी गरी
रङ्गीबिरङ्गी सुन्दरी पुतली

 


कहिले घाम कहिले पानी
म पनि नाचे जानी नजानी 
म पनि नाचे आफ्नै भेषमा
रमाएर नाचेँ म आफ्नै देशमा ।