Logo

Student Corner

सूर्य

Written by: Sadhvi Aryal - 29025, Grade VII

Posted on: 09 June, 2023

बिहानी भयाे सूर्य ब्युँझियो, रात्रिपछि सूर्य अस्तायाे 
चन्द्रमा जस्तो साथी पाएकोमा सूर्य खुसी
घाम आयो उज्यालाे छायाे  जता हेरे पनि
घामकै याेगदान घामकै चर्चा जता गए पनि ।

रात्रिमा टल्किन्छ जुन, मधुर प्रकाश छरी
जुनकिरीले टिलपिल गर्छ बादल जुनमा परी
सुन्तला रङको घाम, चन्द्रमाको आमा
इन्द्रेनीको साथी हो यो, पानीको होइन ।

आकाशलाई मद्दत गर्ने, साथी हो यो घाम
मेरो मन सफा गर्ने, साथी हो यो छाया
खेतबारीको मद्दत्, गर्ने साथी हो यो भानु
मेरो साथी मेरै मन छैन छाेडी जानु  ।

घामको प्रकाशले, हामी पल पल  बाँच्छाैँ 
मेरो साथी मिलीजुली धर्तीतिर डुल्छाैँ 
घामको प्रकाश देखे, अनि सबै भागे
जुन्किरीको उज्यालाेले मनै लाेभ्याए ।