Logo

Student Corner

विद्यार्थी र नयाँ संसार

Written by: Rushina Tamang - 26008, Grade X

Posted on: 08 June, 2023

विद्यार्थी तिमी आफ्नो गृहकार्य गर,
खाली ठाउँमा आफ्नो जवाफ भर,
कुनै शिक्षकले तिम्रो साथीलाई कुटिराछ 
तर पछाडिको हल्लालाई तिमी ध्यान नगर ।

 

संसार ठुलो छ विद्यार्थी,
सपना पनि ठुलो देख्नुपर्छ,
तिमी किताबलाई बाेझ नठान ? 
तिमीलाई यसले नयाँ संसार देखाउने छ ।

 

अर्काको सपनामा किन बाँच्नु जस्ताे नठान्नू,
हामीले निरन्तर परिश्रम गर्नुपर्छ, यही मान्नू र ?
आमाबुबाको पनि सपना पूरा गर्नुपर्छ,
आमाबुबालाई भगवानकाे स्वरूप मान्नुपर्छ ।

 

उहाँहरूले तिमीलाई माया गरे या नगरे पनि,
जन्म दिनु भएका आमाबुबालाई
तिमीले आदर र सम्मान गर्नुपर्छ,
यद्यपि, तिमीले जन्म पाएको संसार
कुरूप होस् या नहोस्,
तिमीले देखेकाे संसार 
नयाँ संसार हाे ।