Logo

Student Corner

पानी

Written by: Sherab Wongmnu Sherpa - 30049, Grade VI

Posted on: 08 June, 2023

पानी भनेको मानवको लागि एकदमै महत्त्वपूर्ण तरल पदार्थ हो। पानी मानवलाई मात्र होइन जीव-जन्तु र वनस्पतिहरूको लागि पनि महत्त्वपूर्ण छ। पानी रङविहीन,गन्धविहीन र स्वादविहीन हुन्छ। पृथ्वीको ७०% भाग पानीले ओगटेको छ। पानीका स्रोतहरू विभिन्न छन् । जस्तैः आकाशको पानी,हिमालबाट पग्लेको पानी,खोलाको पानी र जमिनको पानी आदि।
पानीका धेरै फाइदाहरू छन्:
॰पानीबाट खाना पकाउन मिल्छ।
॰पानीले लुगा धुन मिल्छ।
॰पानीबाट सरसफाइ गरिन्छ।
॰ हाम्रो स्वास्थको लागि पानीको आवश्यकता छ।
खेतीपाती,जीव-जन्तु सबैका लागि पानी आवश्यक छ। पिउने पानी प्रयोग गर्दा विशेष ध्यान दिनु पर्दछ। पानीले धेरै रोग निको पार्न सक्छ तर  ध्यान दिइएन भने यसले रोग निम्त्याउन पनि सक्छ त्यसैले पानी सही तरिकाले प्रयोग गर्नु पर्छ।
पानीको चक्र चलिरहन्छ । समुन्द्र खोलानालाको पानी घामले तातेर बाफमा परिवर्तन हुन्छ। त्यसपछि त्यो बाफ बादलमा परिवर्तन हुन्छ। बादल चिसो भएपछि बादलबाट पानी पर्छ।यो पानीको चक्र जहिले दोहाेरिन्छ।