Logo

Student Corner

मौसम

Written by: Sonam Sunner - 27017, Grade IX

Posted on: 07 June, 2023

आजभोलि अत्यधिक बढेकाे छ गर्मी 
जाडाे माैसम भएपछि लाग्ने हाेला शर्दी
तराईमा जताततै विद्यालय भए अरे बन्द 
ताताे हावा चल्दै छ रे, मन्द मन्द ।

 

काठमाडौँमा कट्न थाल्याे तिस डिग्री
मासेका छन् वातावरण छैन केही फिक्री
रुख राेप्ने अभियान अब सुरू गर्नुपर्छ
फाेहाेर मैला व्यवस्थापन गरिहाल्नुपर्छ ।

 

खाेल्नुपर्छ, कारखाना  घरदेखि टाढा 
बिगार्ने र बनाउने नि मानिस नै हाे सारा
जथाभावी फाल्नुहुन्न, कसिङ्गर फाेहाेर
गाउँ जस्तै हरियाली  हुनुपर्छ सहर ।



खोलानाला सफा राख्ने गर्नुपर्छ काम,
वातावारण बिग्रिएमा रहँदैन नाम ,
हाम्रो घर पृथ्वी हाे, गर्नुपर्छ रक्षा
आफ्नाे घरकाे आफैँ गर्नुपर्छ सुरक्षा ।