Logo

Student Corner

मेरो देश

Written by: Aadil Poudel - 29001, Grade VII

Posted on: 07 June, 2023

मेरो प्यारो घर दोस्रो मेरो देश
खटीखटी काम गर्ने वीर नेपालीको देश ।

 

अरू देशको माया नलाग्ने
आफ्नै देशको माया लाग्ने 
उत्तरभन्दा नेपाली हाैँ  सच्चा देशभक्त
बौध धर्म बुद्धले गरे सुरु
बाैद्ध धर्मका उनै हुन् गुरु ।


खेतहरुमा काम गर्ने हामी 
अरू देश जान नमानी
नेपाल हो हिमालको देश
पानी बढीभएकै हो यो प्यारो देश ।

नेपालको सुन्दरता हर्ने आउँछन् 
अरू देशका ठानी
नेपालमा बास बसे भगवान शिव पनि 
भगवानले खोले एउटा सृष्टि ।


नेपालमा छ सबैभन्दा अग्लो हिमाल
जुन अरू देशमा छैन 
नेपाल हो भिन्न देश  
छन् यहाँ भिन्न भाषा भेष ।

 

नेपालमा जन्मे सबै वीर याेद्धा
अनि ज्ञान भूमिको रचना गर्ने गाैतम बुद्ध ।