Logo

Student Corner

‘मानवता’ (कविता )

Written by: Aayusi Shrestha - 26002, Grade X

Posted on: 06 June, 2023

हरेक कुरामा अगाडि बढ्याैँ हामी 
साेच चाहिँ बदलिएन हाम्राे 
मानवता छैन यहाँ कसैसँग  
जाे मानवसँग हुनै पर्थ्याे ।

 

जीवनमा स्वार्थ अँगाले 
अरू सबै भुल्ने, हाम्राे बानी 
वास्ता गर्न छाडे अरूकाे 
समाज, समाज जस्ताे रहेन,

 

आफ्नै दुनियामा हराए सबै
मात्र रह्याे, मानवता हराएकाे
अरूकाे मतलब छैन, कसैलाई
दुःखी, दुःखी हुँदै गएका छन् ।


मानिस एक्लै छन्
तर, निःस्वार्थी छैनन् 
मानिसका विचार एक्लै छन् 
पीडा बाक्लै छन् र बेग्लै छन् ।

 

किन हराउँदै  छ मानवता ?
बढ्दै छ, मानिसमै दानवता
हरायाे मानिसमा नैतिकता
खाेज्न कता जाऊँ म, मानवता ?