Logo

Student Corner

देशकाे माया

Written by: Aarav Timilsina - 28028, Grade VIII

Posted on: 06 June, 2023

शब्दले  मात्र  बुझाउन सक्दैनौँ नेपालको सुन्दरतामा 
आखाप्रति वरदान  हुन्छ , नेपालको सुन्दरतामा
विशाल हिमाल , रङ्गीन फूलले झल्काउँछ सुन्दरता
शितल ताल , हरिया पहाडले थपेकाे सुन्दरता ।

 

प्याराे याे हाम्रो मातृभूमिलाई छाडेर जाँदेनौँ 
नेपाली माया नबिर्सी हामी छाडेर जाँदेनौँ
हामीले देश छाडेर गए विकास कसले गर्ला 
विदेशमा बसी मातृभूमिको उन्नति कसले गर्ला  ?

 

नेपली मायाबाट हुर्केका हामी यसलाई नबिर्साैँ  
नेपाली माटोबाट उम्रेका हामी यसलाई नाबिर्साैँ
देशप्रति माया छ धेरै हामी सन्तान होैँ   यसैका 
मातृभूमिप्रति सम्मान छ धेरै हामी उपासक हो यसैका ।